सेयरबजारमा यो साता लगातारजसो गिरावट आइरहेको छ।
साताको अन्तिम कारोबार दिन आज पनि बजार परिसूचक नेप्से २१.१५ अंकले घटेको हो।
योसँगै नेप्से २०७०.४१ विन्दुमा झरेको छ। बिहीबार १५ वटा कम्पनीको मात्रै सेयर बढ्दा १९७ वटाको घटेको र ४ वटाको उही मूल्यमा कारोबार भएको छ।
बिहीबार २५६ कम्पनीको ४७ लाख कित्ता सेयर बिक्री भएको छ।
यो भनेको १ अर्ब ६८ करोडको सेयर कारोबार हो। आज लगानीकर्ताले ७.६५ प्रतिशतसम्म कमाउँदा गुमाउनेले ५.९१ प्रतिशतसम्म गुमाएका छन्।
त्यस्तै आज हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ३८ लाखको सेयर कारोबार भएको छ।
48
Shares

प्रतिक्रिया