भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सहसचिवको व्यापार हेरफेर भएको छ। फागुन २ गतेको मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरुको व्यापक हेरफेर गरिएको हो।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नाराणकाजी श्रेष्ठले सडक विभागका महानिर्देशक अर्जुन जंगथापालाई मन्त्रालयमा तानेका छन् छ भने सुशिलबाबु ढकालललाई सडक विभागको महानिर्देशकमा सरुवा गरेका छन्।
मन्त्रालयमा रहेका अजय कुमार मूल सडक विभाग अन्तरतर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको जिम्मेवारी दिइएको छ भने विनोद कुमार मौवारलाई जलमार्ग आयोजनामा पदस्थापन गरिएको छ।
अर्जुन प्रसाद अर्याललाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयमा र ज्ञानेन्द्र कुमार झा सडक सुधार तथा विकास आयोजना निर्देशनालयमा काजमा पठाउने निर्णय भएको छ।
राजेन्द्र प्रसाद दासलाई मदन भण्डारी राजमार्ग, अरुण कुमार कटुवाल तालिम प्रमुख, रामहरि पोखरेल सडक विभागका उपमहानिर्देशक, योजना तथा अनुगमन महाशाखा, उमेश विन्दु श्रेष्ठ पुल आयोजनाबाट एडीबी आयोजनाको जिम्मेवारी दिइएको छ।
डा. विजयी जैसीलाई सडक विभाग विकास साहयता कार्यान्वयन, प्रभात कुमार झालाई सम्भार महाशाखा, नरेशमान शाक्यलाई पुल महाशाखा, नविनमान श्रेष्ठलाई नागढुंगा सुरुङमार्ग आयोजना, पूर्वकुमार साई सडक तथा ट्राफिक सुरक्षा आयोजना, चुडाराज ढकाललाई हुलाकी राजमार्ग, भिमार्जुन अधिकारीलाई मन्त्रालयमा तानिएको छ।
Shares

प्रतिक्रिया