ad ad

कारोबार


पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखसँग आग्रह

पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखसँग आग्रह

नेपालखबर
माघ २४, २०७९ मंगलबार १८:९, काठमाडौँ

नेपाल उद्योग परिसंघले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको छ । 

सभामुख कार्यालय सिंहदरबारमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको छ । 

परिसंघले नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि सभामुखको ध्यानाकर्षण गराएको छ । 

परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भएको र नेपालको पर्यटन अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकेको बताइन्। 

सार्वजनिक तथा निजी क्षेत्रको समेत खर्बौको लगानी परिसकेको पर्यटन उद्योगबाट राज्यले अपेक्षाकृत रुपमा लाभ हासिल गर्न सक्नुपर्नेमा जोड दिदै उनले त्यसका लागि नीतिगत तहमा गम्भिर समीक्षा, छलफल र दिशानिर्देश गर्न संसदीय पर्यटन समिति गठन गर्न आग्रह  गरिन्।  

परिसंघ समिति सदस्य छायाँ शर्माले विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको क्षेत्राधिकारमा पर्यटन क्षेत्रलाई राखेता पनि पर्यटन उद्योगका विषयलाई उच्च प्राथमिकतामा राख्दै समग्र आर्थिक विकासमा पर्यटन उद्योगको महत्वलाई अझ स्थापित गर्न, पर्यटन पूर्वाधार वैज्ञानिक तथा पर्यटनमैत्री बनाउन, पर्यटनसँग सम्बन्धित नीतिगत विषयमा गम्भीर छलफल, परामर्श, निर्देशित गर्दै यसबाट अपेक्षाकृत लाभ राज्यले प्राप्त गर्न संघीय संसद्मा पर्यटन संसदीय समिति गठन गर्न आवश्यक रहेको महसुस निजी क्षेत्रले गरेको उल्लेख गरिन्।  

परिसंघका महानिर्देशक दीपकराज जोशीले पर्यटन संसदीय समिति गठनका लागि पर्यटन उद्योगसँग सम्बन्धित सबै संघ संस्थाको ऐक्यबद्धता रहेको बताए। 
 
उच्च सम्भावना र बलियो भविष्य रहेको पर्यटनका माध्यमबाट देशलाई छिटो समृद्ध बनाउन पर्यटनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र त्यसका लागि समेत संसदीय समिति आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .