ad ad

कारोबार


६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो, गत वर्षभन्दा २४ प्रतिशतले वृद्धि

६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो, गत वर्षभन्दा २४ प्रतिशतले वृद्धि

नेपालखबर
माघ २३, २०७९ सोमबार १५:५१, काठमाडौँ

चालू आर्थिक वर्षको ६ महिना अवधीमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

गत आर्थिक वर्षको सोही अवधीभन्दा २४.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५।७ प्रतिशतले घटेको थियो।

६ महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .