राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई इसेवा पोर्टलबाट पूर्ण रुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सक्ने प्रबन्ध गरेको छ।
निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार क्रमशः अन्य लोकल वालेटबाट पनि सो व्यवस्था गरिनेछ।
‘अन्तर्राष्ट्रियतर्फ भने निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकटहरु केही समय अघिदेखि बिक्री भइरहेकै थियो’, उनले भनिन्, ‘त्यसैगरी, निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको छ । निगम पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारीमा समेत रहेको छ।’
निगमले उपलब्ध सिट समेत बिक्री नगरेको भन्ने गुनासोबारे पनि स्पष्टीकरण दिएको छ। यसअनुसार आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जनाएको छ।
काठमाडौंबाट हुने आन्तरिक उडानहरु

नेपालगंजबाट हुने आन्तरिक उडानहरु

Shares

प्रतिक्रिया