शुभम पावर कम्पनीले आज (माघ १८ गते) देखि प्राथमिक निष्काशन (आईपीओ) बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गरेको हो।
आईपीओमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
माघ १८, २०७९, बुधबार
प्रतिक्रिया