ad ad

कारोबार


सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान

सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान

नेपालखबर
माघ १८, २०७९ बुधबार १३:५८, हेटौँडा

बागमती प्रदेश सरकारले सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ। प्रदेश सरकारले दूध बेच्ने किसानलाई लिटरमा अनुदान दिन पहिलोपटक सुरुवात गर्न लागेको हो।

दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन संकलन गरी अध्ययन गरेर गरेर छिट्टै यो निर्णय कार्यान्वयनमा ल्याइने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डा. बज्रकिशोर ठाकुरले बताए। 

त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन संकलन गरी अध्ययन गरिरहेको ठाकुरले बताए। प्रदेशका १३ वटै जिल्लाको आवेदन प्राप्त भएपछि त्यसको अध्ययन गरेर फागुन महिनाभरमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने उनले जानकारी दिए। गत आर्थिक वर्षमा २६० वटा दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई १६ करोड रुपैयाँ अनुदान वितरण गरेको थियो।

गत वर्ष किसानले प्रतिलिटर १ रुपैयाँ ६४ पैसा अनुदान पाएका थिए। बागमती सरकारले २०७६ सालदेखि दूधमा नगद अनुदान दिइरहेको छ।

बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधमा अनुदान दिन यो वर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ। सरकारले अनुदान रकम सहकारीलाई दिने र सहकारीले किसानलाई दिनेछ। मासिक १ हजार ५ सय लिटर दूध संकलन गर्ने र वार्षिक कम्तीमा २ सय दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादन सहकारी मात्र अनुदान कार्यक्रममा सहभागी हुन पाउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .