कारोबार


वाह अलैँची अभियानले ल्यायो परम्परागत र फ्युजन नेपाली रेसिपी बुक

वाह अलैँची अभियानले ल्यायो परम्परागत र फ्युजन नेपाली रेसिपी बुक

नेपालखबर
माघ १५, २०७९ आइतबार १८:३०, काठमाडौँ

वाह अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरूसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ। 

पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरूबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपीहरू समावेश गरिएका छन्। 

साथै रेसिपी बुकमा सेकुवा, चिया र खीरजस्ता सदावहार व्यञ्जनहरूका लागि मसलाहरू तयार गर्ने विधि पनि समावेश गरिएका छन्।

यस पुस्तकमा समावेश गरिएका रेसिपीहरू, वाह ! अलैँची अभियानअन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरुबीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो। 

सो प्रतियोगितामा अलैँचीलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिएको थियो जसमा विराटनगर, सौराहा र काठमाडौंका होटलहरूका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरूले उत्साहका साथ सहभागी भएका थिए। 

प्रत्येक रेसिपीलाई काठमाण्डौंका प्रोफेसनल शेफहरूको टोलीद्वारा सावधानीपूर्वक चयन र परिक्षण गरिएको थियो। 

सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघ ९ँीऋभ्ल्० ले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग ९स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (क्म्ऋ० को सहयोगमा होटल एसोसिएसन नेपालसँगको सहकार्यमा, वाह१ अलैंची अभियान शुभारम्भ गरेको थियो । 

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ । साथै, यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।

हाल दोस्रो चरणमा रहेको वाह! अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्नेछ । यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरूसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न संचार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .