सेयरबजारमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा कायम भएको हो।
पहिलो कारोबार दिन २६७ कम्पनीको ८२ लाख ७६ हजार बढी कित्ता सेयर बिक्री भएका छन्।
दिनभरिमा ५१ हजार ९ सय ७३ पटकको खरिदबिक्रीसँगै ३ अर्ब रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। यसअनुसार ४८ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १६१ कम्पनीका लगानीकर्ताले गुमाउनपुगेका छन्।
जसले कमाए, गुमाए
आज सर्वाधिक कमाउने ५ कम्पनीका लगानीकर्तामा लुम्बिनी जनरल इन्स्योरेन्स, वाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सका छन्। यी कम्पनीको सेयर क्रमशः १०, १०, ९.९९, ९.९९, ९.९९ प्रतिशतले बढेको छ।
त्यस्तै समृद्धि फाइनान्सका लगानीकर्ताले भने आज धेरै गुमाएका छन्। उनीहरुले ६.०९ प्रतिशत गुमाएका हुन्। यसबाहेक सिभिल लघुवित्त, सूर्योदय वोमी लघुवित्त, ग्रिनलाइफ हाइड्रो, गणपति लघुवित्तका सेयरधनीले पनि गुमाएका छन्।
आईएमई जनरलको धेरै कारोबार
Shares

प्रतिक्रिया