ad ad

कारोबार


सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ६ हजार

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ६ हजार

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०७९ मंगलबार १२:१०, काठमाडौँ

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा छापावाला सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो।

सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा कारोबार भएको छ। महासंघका अनुसार यसअघि सुनको सबैभन्दा धेरै मूल्य गत वर्ष फागुनमा प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको थियो।

अहिले सुनको मूल्यले त्यो रेकर्ड पनि  तोडेको हो। 

चाँदीको मूल्य भने घटेको छ। सोमबार १ हजार ३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा मंगलबार १ हजार ३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .