ad ad

कारोबार


पानीपोखरीमा बन्दै छ आईएमई जनरलको ११ तले भवन, वार्षिक ५ करोड आम्दानी हुने

पानीपोखरीमा बन्दै छ आईएमई जनरलको ११ तले भवन, वार्षिक ५ करोड आम्दानी हुने

नेपालखबर
माघ ९, २०७९ सोमबार १८:४०, काठमाडौँ

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको छ।

साधारणसभामा सम्पूर्ण सेयरधनीहरुलाई हार्दिक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए। 

सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए।

अध्यक्ष ढकालले २४औँ साधारणसभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङसहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्नपश्चात् उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए। 

त्यसैगरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराए। 

देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै सेयरधनीहरुलाई धन्यवाद व्यक्त गरे।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २५औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराए। यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै लगानीकर्ताहरुको भावना र सञ्चालक समितिको निर्देशन बमोजिम अगाडी बढिरहेको समेत सभालाई जानकारी गराए।

कम्पनीले आ.व. २०७७÷७८ मा १ अर्ब ५२ करोड ११ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १ अर्ब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरी गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको छ। चालू आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कुल ९० करोड २५ लाख बीमाशुल्क आर्जन गरिसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .