कारोबार


विमान दुर्घटनामा भएको मानवीय क्षतिले स्तब्ध छौँ  : यती एयरलाइन्स

विमान दुर्घटनामा भएको मानवीय क्षतिले स्तब्ध छौँ  : यती एयरलाइन्स

आइतबार सेती नदीको खोँचमा दुर्घटना भएको यतिको जहाज


नेपालखबर
माघ २, २०७९ सोमबार १७:३२, काठमाडौँ

यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिले स्तब्ध भएको जनाएको छ। 

एयरलाइन्सले आज सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको हो। 

सो एयरलाइन्सले अकल्पनीय दुर्घटनामा परी दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। 

एयरलाइन्सले भनेको छ, ‘शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवान‌्‌ले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad