कारोबार


नेपाल बैंकको चुक्ता पुँजी बढ्यो

नेपाल बैंकको चुक्ता पुँजी बढ्यो

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १८:५९, काठमाडौँ

नेपाल बैंक लिमिटेडले ६३औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। 

बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंको प्राङ्गणमा सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीको सभापतित्वमा सभा आयोजना गरेको हो। 

सभाले बैंकको आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८÷७९ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ। 

सभाले हालको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ०४ हजार ८३१ रुपैयाँको २ (दुई) प्रतिशतका दरले हुन आउने २८ करोड ८१ लाख १८ हजार ९६ रुपैयाँ बराबरको बोनस सेयर र चुक्ता पुँजीको १० (दश) प्रतिशतका दरले हुन आउने १ अर्ब ४४ करोड ५ लाख ९० हजार ४८३ रुपैयाँबराबरको नगद लाभांश  (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। 

साथै, बोनस सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२७ रुपैयाँ कायम गर्ने र सोहीबमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ। 

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९÷८० का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .