सेयरबजारमा बिहीबार गिरावट आएको छ।
बजार परिसूचक नेप्से ४१.०२ अंकले घटेर २१४९.४१ विन्दुमा आइपुगेको हो।
योसँगै बजारमा ५ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसअनुसार २५२ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर बिक्री भएको हो।
साताको अन्तिम कारोबार दिन २१ कम्पनीको सेयर मूल्य बढे पनि १८४ कम्पनीको सेयर मूल्य घटेको छ।
४ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाए
आजको कारोबारमा चारवटा कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको छ। कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो, वाराही हाइड्रो र एनआईबीएल समृद्धि फन्ड २ का लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्।
आज लगानीकर्ताहरुले ९.१८ प्रतिशतसम्म गुमाएका छन्। बिहीबार शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको २२ करोड २० लाखको सेयर कारोबार भएको हो।
Shares

प्रतिक्रिया