कारोबार


सुनिल केसीले लिए वाणिज्य बैंकका सीईओहरूको नेतृत्व

सुनिल केसीले लिए वाणिज्य बैंकका सीईओहरूको नेतृत्व

नेपालखबर
पुस २७, २०७९ बुधबार १८:४१, काठमाडौँ

वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको नेतृत्व सुनिल केसीले गर्ने भएका छन्। 

राजधानीमा बुधबार आयोजित संघको विशेष साधारणसभाले उनलाई अध्यक्ष चयन गरेको हो। 

कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायको सीईओको कार्यकाल सकिएर बाहिरिएपछि संघको अध्यक्ष पद खाली थियो। 

संघमा पदाधिकारी रहनको लागि बैंकमा समेत कार्यरत हुनुपर्ने व्यवस्था छ। जसअनुसार अनिल उपाध्यय अध्यक्ष रहेको पद समेत उनी बैंकबाट बाहिरिएसँगै रिक्त भएको थियो। संघमा उपाध्यक्ष रहेका केसीलाई संघले यसअघि नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइसकेको थियो। 

आजदेखि भने उनी नै अध्यक्ष भएका हुन्। केसी अहिले एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा कार्यरत छन्। एनएमबी बैंकमा यो उनको दोस्रो कार्यकाल हो। 

एनएमबीमा ४ वर्षे कार्यकाल सक्याएर उनी दोस्रो कार्यकालको लागि नियुक्त भएका हुन्। दोस्रो कार्यकालको समेत २ वर्ष अवधि सकिएको छ। 

३३ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएका केसीले तत्कालीन ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड बैंक) का बैकिङ क्षेत्रमा काम सुरु गरेका थिए। 

तर लामो समय उनी एनएमबी बैंकमा नै कार्यरत भए। १४ वर्षदेखि एनएमबी बैंकसँग आबद्ध केसीले ६ वर्ष त सीईओको रुपमा नै बिताएका छन्। केसीले एमबीएसम्मको अध्ययन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .