संखुवासभाको भोटखोला पुगेको अल्टिच्युट एयरको ९ एन एएमएक्स हेलिकप्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान काठमाडौंबाट सिधै भोटखोलामा अवतरण गरेको हेलिकप्टरले नियम तोडेको भन्दै केहीबेर नियन्त्रणमा लिएर छाडिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।
भोटखोलाको हटियामा अवतरण गर्नु अघि हेलिकप्टर खाँदबारीमा चेकजाँच हुनु पर्ने थियो। तर चेकजाँचबिनै पुगेपछि कारबाहीमा परेको हो।
हेलिकप्टर कम्पनीलाई थप कारबाही गर्न गृह मन्त्रालयमा लेखिपठाइसकेको प्रमुख जिल्ला अधिकारी यादवले नेपालखबरलाई बताए।
63
Shares
प्रतिक्रिया