ad ad

कारोबार


लक्ष्मी र सनराइजले पनि गरे मर्जर सम्झौता, अध्यक्ष र सीईओ पछि टुंग्याइने

लक्ष्मी र सनराइजले पनि गरे मर्जर सम्झौता, अध्यक्ष र सीईओ पछि टुंग्याइने

नेपालखबर
पुस २५, २०७९ सोमबार १७:३१, काठमाडौँ

सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच मर्जर सम्झौता भएको छ।

होटल मेरियटमा एक कार्यक्रमबीच  दुई बैंकले परस्परमा गाभिने प्रारम्भिक सम्झौता गरेका हुन्। 

सम्झौतापत्रमा सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड र लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले हस्ताक्षर गरेका छन्। कति स्वाप रेसियोमा मर्जर हुने विषय सम्पत्ति तथा दायित्व मूल्याङ्कनपछि मात्र थाहा हुनेछ।  

त्यस्तै कुन बैंकका कति सञ्चालक रहने र अध्यक्ष कसले लिने विषयमा समेत छलफलबाट तय गर्ने बताइएको छ।

बैंकको सीईओ समेत कसले पाउने भन्नेबारेमा टुङ्गो नलागेको मर्जर कार्यक्रममा जानकारी दिइएको हो। 

मर्जरपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ। हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .