ad ad

कारोबार


अधिकतम ८८५ रुपैयाँसम्म घट्यो आन्तरिक हवाइ भाडा, कहाँको कति? (सूची)

अधिकतम ८८५ रुपैयाँसम्म घट्यो आन्तरिक हवाइ भाडा, कहाँको कति? (सूची)

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १४:१, काठमाडौँ

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै हवाइ भाडा पनि अधिकतम ८ सय ८५ रुपैयाँसम्म घटेको छ। 

वायुसेवा सञ्चालक संघले आन्तरिक उडानमा भाडा घटाएको हो। घटेको भाडा बुधबारदेखि कार्यान्वयनमा आउनेछ। 

नयाँ भाडादरअनुसार अब काठमाडौंबाट हुने पर्वतीय उडानमा यात्रुले अधिकतम १४ हजार २०५ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि १४ हजार ८ सय ९० रुपैयाँ लाग्थ्यो। यस उडानमा ६८५ रुपैयाँ सस्तो भएको हो। 

फ्युल सरचार्ज (५८३५ रुपैयाँ), हवाइ भाडा (७८७० रुपैयाँ) र विमानस्थलको कर (५०० रु.) गरी पर्वतीय उडानको भाडा १४ हजार २०५ रुपैयाँ लाग्ने संघले जनाएको छ। 

यहीअनुसार काठमाडौं–भद्रपुरको हवाइ भाडा पनि ६०० रुपैयाँले सस्तो भएको छ। यसअनुसार अब १२ हजार ३५५ रुपैयाँ अधिकतम भाडा लाग्नेछ। 

त्यसैगरी काठमाडौं–विराटनगर रुटमा ४८५ रुपैयाँ सस्तो भई अब अधिकतम ९ हजार ७२० रुपैयाँ, काठमाडौं–जनकपुर २६० रुपैयाँ सस्तो भई ५ हजार ६०० रुपैयाँ, काठमाडौं–भरतपुर २१५ रुपैयाँ सस्तो भई ४ हजार ७७५ रुपैयाँ, काठमाडौं–पोखरा ३२० रुपैयाँ सस्तो भई ६ हजार ६६५ रुपैयाँ भाडादर कायम भएको छ। 

यस्तै, काठमाडौंबाट भैरहवा जाने यात्रुले अब पहिलेभन्दा ४१० रुपैयाँ कम भाडा दिए हुनेछ। यसअनुसार भैरहवाको अधिकतम भाडा ८ हजार २६५ रुपैयाँ कायम भएको हो। त्यस्तै काठमाडौं–नेपालगन्ज भाडा १३ हजार ३२५ रुपैयाँ, काठमाडौं–धनगढी १६ हजार १४० रुपैयाँ, काठमाडौं–तुम्लिङटार ७ हजार ८३५ रुपैयाँ, काठमाडौं–सिमरा ४ हजार ६० रुपैयाँ, काठमाडौं–सुर्खेत १४ हजार ३०५ र काठमाडौं–राजविराज ८ हजार ३४४ रुपैयाँ अधिकतम भाडादर कायम भएको छ। 

आयल निगमले १९० रुपैयाँ प्रतिलिटर इन्धनको मूल्य २० रुपैयाँले घटाएसँगै नयाँ हवाइ भाडादर कायम भएको हो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .