कारोबार


भूकम्पले सृजना गर्‍याे २५ करोड कार्यदिन बराबरको रोजगारी

भूकम्पले सृजना गर्‍याे २५ करोड कार्यदिन बराबरको रोजगारी

नेपालखबर
पुस ९, २०७६ बुधबार १२:४१,

भूकम्प पछिको पूनर्निर्माणले मात्रै नेपालमा साढे २५ करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको एक अध्ययनले देखाएको छ।

आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार सार्जजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख २० हजार मानिसले रोजगारी पाएको देखाएको हो। सेजनको प्रतिवेदन अनुसार अहिलेपनि साढे ५ लाख जनशक्ति आवास पूर्ननिर्माणको काममा संलग्न रहेको देखाएको छ। यसले १० करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ।

कूल जनसंख्याको १४ प्रतिशत र कूल पुरुष जनसंख्याको २० प्रतिशत जनशक्ति अहिलेपनि पूर्ननिर्माणको क्षेत्रमा कार्यरत रहेका छन्। प्रतिवेदन अनुसार भूकम्पले क्षति पुर्‍याएका ६१ प्रतिशत निजी घरहरुको पूर्ननिर्माण सम्पन्न भएको छ। सरकारी भवन र विद्यालयतर्फ ७० प्रतिशत काम सकिएको छ। प्रतिवेदनले स्वास्थ्य संस्था, सुरक्षा निकाय भवनहरु र सांस्कृतिक सम्पदाहरुको पूर्ननिर्माणमा ध्यान दिन सुझाव दिएको छ।

राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रबन्ध निर्देशक सुशिल ज्ञवालीले अहिलेको कार्यरत जनशक्तिलाई भोली कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको बताए।

सेजनको अध्ययन प्रतिवेदनले भूकम्पपछिको पूर्ननिर्माणले नेपालको कुल ग्रहस्थ उत्पादनको वृद्धिदर औषतमा ४ दशमलव ५ प्रतिशत योगदान दिएको देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad