ad ad

कारोबार


आइएमईका उत्कृष्ट पन्ध्र व्यावसायिक साझेदार बाकु भ्रमणमा

आइएमईका उत्कृष्ट पन्ध्र व्यावसायिक साझेदार बाकु भ्रमणमा

नेपालखबर
पुस ७, २०७६ सोमबार १०:४८,

आइएमई लिमिटेडले आफ्ना पन्ध्र (१५) व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ। आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने पन्ध्र व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका थिए। यसमा ‘आइएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पु¥याउने व्यावसायिक साझेदारलाई पनि समावेश गरिएको छ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आयोजित एक विशेष समारोहकावीच आइएमईका महाप्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई विदाई गरेका थिए। विदाई कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै महाप्रवन्धकद्वयले आइएमईको व्यावसायिक यात्रामा आइएमईका व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए।  आइएमईले आफ्नो स्थापना कालदेखि नै आमसेवाग्राहीमूखि र व्यावसायिक साझेदारमूखि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

आइएमईले सेवा शुभारम्भको १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु: ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ।

आइएमई डिजिटल सोलुसन लिमिटेड झन्डै २१ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ।

आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .