ad ad

कारोबार


प्रदेश १ का ३ अस्पताललाई ज्योति बैंकले दियो बेबी वार्मर

प्रदेश १ का ३ अस्पताललाई ज्योति बैंकले दियो बेबी वार्मर

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १६:१८, काठमाडौँ

ज्योति विकास बैंकले बाक्सिला स्वास्थ्य चौकी खोटाङ, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल इलामलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट बाक्सिला स्वास्थ्य चौकी, ओखलढुंगा सामुदायिक अस्पताल र इलाम जिल्ला अस्पतालका पदाधिकारीहरुलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिबीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। 

सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो।

बैंकले डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा पछिल्लो २ वर्षमा देशका २३ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ र यस वर्ष थप १० वटा बेबी वार्मर प्रदान गर्दै छ।  

ज्योति विकास बैंकले हाल १२० वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .