ad ad

कारोबार


प्रभु बैंकको नयाँ शाखा तौलिहवामा

प्रभु बैंकको नयाँ शाखा तौलिहवामा

नेपालखबर
पुस ६, २०७६ आइतबार १४:३०,

प्रभु बैंक लिमिटेडले कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–१ स्थित तौलिहवामा आफ्नाे २०२औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकको तौलिहवा शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले एक समारोह बिच आइतबार गरे।

यो शाखा सहित प्रभु बैंकको कुलशाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटीएमसंख्या १५२ पुगेको छ।

कार्यक्रममा सिंहले प्रभु बैंकले तौलिहवामा आफ्नोे शाखा सञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको बताए।

मन्तब्यको क्रममा उहाले बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना समेत व्यक्त गरे। बैंकको तौलिहवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .