ad ad

कारोबार


राजेश मेटल क्राफ्टको कारोबार १ अर्बले बढ्यो, गत वर्ष साढे ८ अर्ब आम्दानी

राजेश मेटल क्राफ्टको कारोबार १ अर्बले बढ्यो, गत वर्ष साढे ८ अर्ब आम्दानी

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १४:५८, काठमाडौँ

राजेश मेटल क्राफ्ट लिमिटेडको कारोबर १ अर्बले बढेको छ।

आर्थिक वर्ष २०७७/०७८मा ७ अर्ब ५७ करोड आम्दानी गरेको कम्पनीले  ०७८/०७९ मा ८ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको हो। 

पछिल्ला वर्षमा सबैभन्दा बढी गत आर्थिक वर्षमा स्टिलजन्य सामग्री बिक्री गरेको छ। कम्पनीको कारोबार बढे पनि नाफाको प्रतिशतमा भने कमी आएको छ। अघिल्लो वर्ष २६ प्रतिशत ब्याज, कर, अवमूल्यनसहितको नाफा रहेकोमा गत आर्थिक वर्षमा १३.९ प्रतिशत रहेको छ। 

आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब ८२ करोडको बिक्री गरेको कम्पनीले २०७६/०७७ मा ५ अर्ब ५६ करोडमा झरेको थियो। कोभिडको कारण व्यवसाय घटेको कम्पनीले व्यापार बढाउँदै लगेको छ। 

सन् १९९३ मा स्थापना भएको कम्पनी राजेश मेटलले छड तथा फलामजन्य वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। आरएमसी ग्रुपको लगानी रहेको छ।

श्रवण कुमार अग्रवालले स्थापना गरेको कम्पनी दुई छोराले सञ्चालन गरिरहेका छन्। राजेश कुमार अग्रवाल र विष्णु कुमार अग्रवालको पूर्ण स्वामित्त रहेको छ। 

कम्पनीले स्टिल पाइप, सिटस् मुख्य उत्पादन गर्छ। कम्पनीको वार्षिक उत्पादन क्षमता २ लाख १२ हजार मेट्रिकटन क्षमताको रहेको छ। कम्पनीले स्टिल पाइप र सिट्स नेपाली बजारमै खपत हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .