कारोबार


मेटलाइफ नेपालको बीमा सचेतना कार्यक्रम

मेटलाइफ नेपालको बीमा सचेतना कार्यक्रम

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १४:४, काठमाडौँ

मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको आयोजना गरेको छ। 

शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए। 

कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु रहेको कम्पनीले जनाएको छ। 

मेटलाइफका सञ्चालन प्रमुख देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए।

उनले भने, ‘देशको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न महत्वपूर्ण छ।’

५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको, मेटलाइफले हालै १० लाख भन्दा बढी मानिसहरुलाई जीवन बीमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ। 

मेटलाइफले ३१६ करोड भन्दा बढी दावीहरू भुक्तानी गरेको छ र ४५ हजारभन्दा बढी जनशक्ति विस्तार गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad