ad ad

कारोबार


एनसेललाई बक्यौता तिर्ने समय पुनः १५ दिन थप, अटेर गरे कारबाही हुने

एनसेललाई बक्यौता तिर्ने समय पुनः १५ दिन थप, अटेर गरे कारबाही हुने

नेपालखबर
पुस ६, २०७६ आइतबार १२:४७,

ठूला करदाताको कार्यालयले एनसेललाई सर्वोच्चले यससम्बन्धी मुद्दामा गरेको आदेशको पूर्णपाठमा भएबमोजिमको बक्यौता कर तथा त्यसमा जरिवाना समेत गरी तिर्ने समय १५ दिन थप गरेको छ।

ठूला करदाताले आइतबार एनसेललाई सोही व्यहोराको पत्र पठाएको कार्यालय स्रोतले नेपालखबरलाई जानकारी दिएको हो।

गत भदौमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले गत मंसिर ५ गते एनसेलसँग २१ अर्ब १० करोड रुपैयाँ कर असुली गर्नुपर्ने फैसला सुनाएको थियो।

सोही फैसलाअनुसार गत मंसिर २० गते १५ दिने म्याद दिएर पुँजीगत लाभकरबापतको रकम बुझाउन ठूला करदाताले पत्र पठाएको थियो। कार्यालयले गत वैशाखयताको ब्याजसमेत जोडेर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ।

एनसेलले बक्यौता कर नतिरेपछि कार्यालयले पुनः १५ दिने समयसीमा दिएर दोस्रोपटक ताकेता गरेको हो।

आयकर ऐनको प्रक्रियाअनुसार बक्यौता एकीन गरी ताकेता गरेको ठूला करदाता कार्यालयले जनाएको छ। दुई पटकसम्म समयसीमा दिनुपर्ने कानुनी व्यवस्थाअनुसार पुनः १५ दिनको समय दिइएको हो।

यो समयसीमा समेत नाघेमा कानुनअनुसार कारबाहीको तयारी गरिने कार्यालयको भनाइ छ।

कार्यालयका एक अधिकारीका अनुसार आइतबार पठाइएको पत्रमा १५ दिनभित्र सबै कर चुक्ता गरिसक्न तथा चुक्ता नगरेको खण्डमा कारबाहीको प्रक्रिया अपनाउने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .