ad ad

कारोबार


सर्वोच्चद्वारा निजगढ विमानस्थलमा पर्ने रुख नकाट्ने अन्तरिम आदेशलाई नै निरन्तरता

सर्वोच्चद्वारा निजगढ विमानस्थलमा पर्ने रुख नकाट्ने अन्तरिम आदेशलाई नै निरन्तरता

नेपालखबर
पुस ६, २०७६ आइतबार ११:५३,

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि तत्काल रुख नकाट्न अन्तरिम आदेश जारी गरेको छ।

विमानस्थलको काम रोक्न माग गर्दै पूर्वप्रशासकहरु द्वारिकानाथ ढुङ्गेलसहितले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले यसअघि जारी भएको अन्तरिम आदेशलाई आज पनि निरन्तरता दिएको हो। अदालतले सरकारसँग आइतबार छलफल गरेको थियो ।

सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले अब सरकारले रुख काट्न पर्ने÷नपर्ने, किन काट्नुपर्ने, कति काट्नुपर्नेसहितको लिखित जवाफ एक महिनाभित्र पठाएपछि अन्तिम सुनुवाइ हुने बताए।

आइतबार प्रधानन्यायाधीश राणाले आफू र न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकेका थिए। ढुङ्गेलसहितले दायर गरेको रिटलाई यसअघि न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई नै अदालतले निरन्तरता दिएको हो।

सर्वोच्चले विमानस्थल निर्माणको कार्य तत्काललाई यथास्थितिमा राख्न भनेपछि विमानस्थल निर्माणमा अन्योल छाएको छ।

याे पनिः निजगढ विमानस्थलका रुख नकाट्न सर्वोच्चकाे आदेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .