ad ad

कारोबार


लक्ष्मी बैंकले १५ प्रतिशत लाभांस दिने

लक्ष्मी बैंकले १५ प्रतिशत लाभांस दिने

नेपालखबर
पुस ६, २०७६ आइतबार १०:४१,

लक्ष्मी बैंकको १९ औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद लाभांस दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ।

आइतबार बसेको बैंकको साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश र चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो। बैंकले ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश र ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो।

नगद लाभांशमा कर प्रयोजनका लागि समेत छुट्याइएको बैंकले जनाएको छ। बैंकका सञ्चालक रमण नेपालले बैंकले निक्षेप तथा कर्जामा उल्लेखनीय वृद्धि गर्त सफल भएको र झण्डै ३५ प्रतिशत खुद नाफा वृद्धि गर्न सफल भएको बताए।

यस्तै बैंकले उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सन्दर्भमा काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ। लक्ष्मी बैंकले ४८ जिल्लामा ११९ शाखा, १४४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .