ad ad

राजनीति


मलाई हटाउन अनेकौं प्रयास भइरहेको छः मोदी

मलाई हटाउन अनेकौं प्रयास भइरहेको छः मोदी

नेपालखबर
पुस ६, २०७६ आइतबार १०:५०,

नागरिकता कानुनले सरकारविरुद्ध देशभर विशाल प्रदर्शन निम्तिएको समयमा आइतबार दिल्लीस्थित रामलिला मैदानमा मोदीले यस्तो बताएका हुन्।

सो क्रममा मोदीले आफू देशको एकताको लागि कहिल्यै पछाडि नहट्ने बताए। मोदीले सो क्रममा हाल भारतमा निम्तिएको आन्दोलन काँग्रेसले गलत ढंगबाट व्याख्या गरेको कारण भएको बताए।

मोदीले काँग्रेसलाई संकेत गर्दै भने,‘यी मानिसहरु दुई दशकयता मेरो पछाडि परेका छन्। मलाई उनीहरुको हरेक कुरा थाहा छ। त्यसैले तपाइँहरुले मलाई यति धेरै माया दिनु भएको छ।’

‘मलाई बाटोबाट हटाउन हरेक प्रयास भइहेका छन्। जति घृणा यी मानिसहरु मलाई गर्दछन् देशका जनताले त्यो भन्दा बढी माया मलाई गर्छन्।’ उनले भने,‘यो मोदी देशको लागि बाँच्छ, देशको लागि लडाइँ लडिरहन्छ। देशको सुरक्षाको लागि जे पनि गर्छ। यो हामी सबैको दायित्व पनि हो। तपाइँहरुको आशिर्वादले यिनीहरुको हरेक चाललाई परास्त गर्नेछ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .