कारोबार


विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह, ६२ जना दीक्षित

विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह, ६२ जना दीक्षित

नेपालखबर
मंसिर १५ , काठमाडौँ

विराटनगर इन्टरनेशनल कलेज, बिराटनगरको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ। 

ऐतिहासिक र भब्य रुपमा सम्पन्न दीक्षान्त समारोहमा बीएससी (अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन्। 

तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविश्यमा नयाँ कामको खोजी गर्न सक्नेछन्। दीक्षान्त समारोहले विद्यार्थीलाई गर्वको महसुस भएको छ।

दीक्षान्त समारोहमा अभिभावकसंगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफुहरुको लागि अत्यन्तै महत्वपुर्ण र शैक्षिक उन्नयनको लागि मुख्य विषय भएको बताएका थिए। 

स्नातक तह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्रयाजुएट तहको लागि इनोभेट नेपाल गु्रपले छात्रवृतिको व्यवस्था गरेको छ। ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौमा इन्टरनेशनल एमबीए अध्ययन गर्न पाउनेछन्। जुन आईएनजीले सञ्चालन गरेको छ। 

दीक्षान्त समारोहमा बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सहउपकुलपति ( प्रो भाइस चान्सलर) टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे।

कार्यक्रमका प्रमुख अतिथि प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल विराटनगर इन्टरनेशनल कलेजका सम्पूर्ण टिमलाई धन्यवाद दिए।

प्रो भाइस चन्सलर टिमले यो कलेजले विश्वविद्यालयको सपना पूरा भएको बताउँदै अब बीएससी (अनर्स) इन्टरनेशनल बिजनेश मेनेजमेन्ट डिग्री साथै इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट तहको कक्षा सञ्चालन हुने जानकारी दिए।

मंसिर १५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.