ad ad

कारोबार


११ महिनामा नेपाल भित्रिए ५ लाख ४६ हजार पर्यटक, कुन देशबाट कति आए?

११ महिनामा नेपाल भित्रिए ५ लाख ४६ हजार पर्यटक, कुन देशबाट कति आए?

फाइल तस्बिर


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १५:४९, काठमाडौँ

२०२२ को हालसम्म ५ लाख ४६ हजार पर्यटक नेपाल भित्रिएका छन्।

 पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार  ११ महिनामा ५० प्रतिशत बढीले रिकभरी भएको छ। 

नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका छन्। नोभेम्बरमा सार्कबाट २४ हजार ५९९ पर्यटक आउँदा युरोपबाट १७ हजार २२९ पर्यटक भित्रिएका हुन्। 

पर्यटन बोर्डका अनुसार हवाइमार्गबाट ओसियना देशबाट ३ हजार ६७७, अमेरिकाबाट ९ हजार १५ जना नेपाल भित्रिएका छन्।

नोभेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक नै रहेका छन्। भारतीय २० हजार ५३२ आउँदा अर्को छिमेकीबाट भने १ हजार ३८ मात्रै भित्रिएका छन्। 

बंगलादेशबाट २ हजार २१८ पर्यटक, बेलायतबाट ५ हजार १६५ र अमेरिकाबाट ७ हजार ८३१ पर्यटक आएका छन्। 

२०१९ को तुलनामा ५५.७६ प्रतिशत मात्रै रिकभरी भएको छ। कोभिड अगाडीको २०१९ नोभेम्बरमा १ लाख ३० हजार पर्यटक भित्रिएकोमा अहिले ७२ हजार भित्रिएका हुन्। 

२०२० मा १ हजार ९५६ मात्रै भित्रिएका थिए भने २०२१ मा २६ हजार १३५ पर्यटक भित्रिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .