ad ad

कारोबार


अब बागमतीमा ट्रायलमा ७० अंक ल्याए लाइसेन्स पाइने

अब बागमतीमा ट्रायलमा ७० अंक ल्याए लाइसेन्स पाइने

फाइल तस्बिर


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १४:५६, काठमाडौँ

बागमती प्रदेशमा सवारी लाइसेन्समा ७० अंक आए पास हुने व्यवस्था लागू भएको छ। बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरुलाई परिपत्र जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो। 

योसँगै अब बागमती प्रदेशका सबै यातायात कार्यालयमा सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा सामान्य गल्तीले फेल हुनेछैनन्। हाल ट्रायलमा १०० मा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था रहेको छ। जसले अधिकांश सामान्य गल्तीले फेल हुने गरेका थिए। 

संघीय सरकारले २०७८ जेठबाट सबै ठाउँमा ७० अंक ल्याए पास हुने कार्यविधि व्यवस्था गरे पनि प्रदेश सरकार तयार नहुँदा लागू भएको थिएन। गत साउनमा पोखरामा संघीय मन्त्रीसहित सबै प्रदेशका यातायात मन्त्रीको बैठकमा ७० अंक लागू गर्न सहमत भएका थिए। 

परीक्षा स्थलमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने र परीक्षाका सबै चरण तथा गतिविधिहरुको भिडियो खिची कम्पनीमा ३० दिन विद्युतीय अभिलेख रहनुपर्ने व्यवस्था रहेको छ। 

यातायात व्यवस्था विभागले २०७७ चैत १९ गते जारी  भएको सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाबमोजिम कार्य गर्न परिपत्र गरेको छ।  

कार्यविधिको अनुसूची ७ मा परीक्षाका क्रममा कुनै तोकिएको अवस्थामा अनुत्तीर्ण घोषणा गरिएको अवस्थामा बाहेक न्यूनतम ७० अंक प्राप्त गर्नुपर्नेछ। 

गण्डकी प्रदेशमा १ वर्षअघि नै ७० अंक ल्याए पास हुने व्यवस्था लागू भइसकेको छ।

कस्तो अवस्थामा अंक घट्छ?
दुईपांग्रे घुमाउरो आठमा २० अंक रहेको हुन्छ। एक पटक रेखा छोएमा ५, खुट्टाले भुइँमा टेकेमा ५ अंक घट्नेछ। एक पटकभन्दा बढी रेखा छोएमा, खुट्टाले भुइँमा छोएमा र स्टार्ट बन्द भएमा अनुत्तीर्ण घोषणा गरिने व्यवस्था छ। 

साँघुरो फलेकमा १० अंक नै ल्याउनुपर्छ। यु टर्नमा १० अंक हुन्छ लाइट नबालेमा १० अंक नै घट्छ। ट्राफिक संकेत पालना नगरेमा १५ अंक घट्छ। उवडखाबडमा एक पटक खुट्टाले भुइँमा टेकेमा ५ र एक पटक स्टार्ट बन्द भएमा ५ अंक घट्नेछ। 

उकालोमा सबै प्रक्रिया पूरा गर्नुपर्छ। त्यस्तै परीक्षाथीर्को व्यवहारगत पक्षको समग्र मूल्याङकन १० अंकको हुनेछ। जसमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरुको सामान्य निरीक्षण, हेल्मेटको लक नलगाई सवारी चलाएमा, अस्वाभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा ३ अंक घट्नेछ। 

त्यस्तै चारपंग्रेमा घुमाउरो आठमा दुई पटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंक, स्पीड ब्रेकरमा एक पटक स्टार्ट बन्द भएमा ५ अंक, ट्राफिक संकेत नगरेमा १५ अंक घटाइनेछ। 

ग्यारेज पार्किङमा सवारीलाई पछाडि गुडाउने क्राममा एक पटकसम्म अगाडी सरेमा १० अंक घट्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .