न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको ‘साउथ एसिया रिजनल मिट’ नेपालमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम नोभेम्बर २४ तारिखमा काठमाडौंमा भएको थियो। कार्यक्रममा बीवाईडी हेडक्वार्टर सान्जेनका प्रतिनिधिहरु, बीवाइडी इन्डिया र नेपालको आधिकारिक वितरक साइमेक्स इंकको सहभागिता थियो।
विश्वमा ईभीप्रतिको चाख बढ्दै गएसँगै दक्षिण एसियाका देशहरुमा पनि ईभीको उपभोग बढ्दो क्रममा छ। ईभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र इन्डियामा बीवाइडीका शोरुम, वर्कसप, चार्जिङ स्टेसनजस्ता आवश्यक पूर्वाधार तीव्र गतिमा विस्तार भइरहेका छन्।
काठमाडौंमा भएको दक्षिण एसियाली डिलरहरुको सम्मेलनमा बीवाईडीको साउथ एसिया हेर्ने डेपुटी जनरल मेनेजर केत्सु जांबले कम्पनीको योजना र विश्वभर बीवाइडीको विक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए। बीवाईडीको न्यू इनर्जी भेहिकलको बिक्री संख्या ३० लाख पुगेको भन्दै जांबले भने, ‘बीवाइडीको दक्षिण एशिया क्षेत्रका डिलर पार्टनर र कम्पनी बीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्ने छ।’
कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एसियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी थिइन्।
नेपालमा ईभी प्रयोगको वर्तमान अवस्थाबारेमा जानकारी दिदै उनले भनिन्, ‘नेपालमा नयाँ रजिस्टर हुने सवारीमध्ये १० प्रतिशतभन्दा बढी ईभीको संख्या पुगेको छ । त्यसमा नेपाल सरकार, यहाँ व्यवसायी र उपभोक्ताको कारण सम्भव भएको हो । बीवाइडीको यो नयाँ क्रान्तिकारी ‘स्टेट अफ आर्ट टेक्नलोजी’का कारण ईभीको प्रयोग यहाँ बढ्दै गएको छ।’
बीवाईडी इन्डियाका विभिन्न दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बंगलोर, आन्ध्र प्रदेश, कर्नाटकलगायत १३ सहरका डिलर ग्रुपको सहभागिता रहेको थियो । उक्त कार्यक्रमममा इन्डियाका सहभागीहरुले लन्च भएको १ महिनामै ६ सय ईभी सिक्स र १ हजार ५ सय एटो ३ बुकिब भएको जानकारी दिएका थिए ।
साइमेक्स इंक नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीको एकमात्र आधिकारिक वितरक हो । साइमेक्सले काठमाडौं, ललितपूर, पोखरा, चितवन, विराटनगर, बिर्तामोड, बुटवल, नेपालगञ्ज धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको छ। साइमेक्सले हालैमात्र काठमाडौको नक्सालमा स्टेट अफ आर्ट शोरुमको सञ्चालन गर्नुका साथै बीवाइडीको पहिलो एसयूभी एटो३ समेत लन्च गरेको छ ।
प्रतिक्रिया