ad ad

कारोबार


सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

नेपालखबर
मंसिर १२, २०७९ सोमबार ११:४६, काठमाडौँ

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ।

उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट सानिमा बैंक डटकममा ‘अप्लाई लोन अपटु ५ लाख्स अगेन्स्ट एफडी’मा क्लिक गरी आवश्यक विवरणहरु भरेपश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन्। 

अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढीमा ९५ प्रतिशत वा अधिकतम ५ लाखमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन्। 

हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरुमा ९.१३३ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा एटीएम सञ्जालहरु छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .