ad ad

कारोबार


निफ्राले चुक्ता पुँजीको चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने

निफ्राले चुक्ता पुँजीको चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने

नेपालखबर
मंसिर १०, २०७९ शनिबार २३:४९, काठमाडौँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ।
    

आज काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी रु २१ अर्ब ६० करोड को चार दशमलव २१ प्रतिशत हुन आउने रु ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाबाट सर्वसम्मतिले पारित भएको छ। 

साधारणसभाले गत आव २०७८÷७९ को वित्तीय विवरणसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव तथा चालु आव २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ। 

निफ्रा स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत सङ्कलन गरी मुलुकको पूर्वाधारका परियोजनामा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापित बैंक हो। सञ्चालनको चौथो वर्षमा रहेको यो बैंकले गत असार समान्तसम्ममा रु ३२ अर्ब ८९ को कर्जा स्वीकृत गरेको छ भने रु १५ अर्ब ५८ करोड बराबरको कर्जा प्रवाह गरिसकेको छ। सोही अवधिमा बैंकले रु एक अर्ब दुई करोड खुद मुनाफा आर्जन गरेको छ।

निफ्राले मुलुकमा निर्माण हुने दीर्घकालीन पूर्वाधारमा सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवद्र्धन गर्ने विषयलाई मुख्य आधार मानी चार वर्षे रणनीतिक योजना अनुरुप व्यावसायिक गतिविधि गरिरहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .