ad ad

कारोबार


४१३ तोला चाँदी र रकमसहित पक्राउ परेका व्यक्तिविरुद्ध राजस्व छलीमा मुद्दा

४१३ तोला चाँदी र रकमसहित पक्राउ परेका व्यक्तिविरुद्ध राजस्व छलीमा मुद्दा

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १४:२१, काठमाडौँ

राजस्व अनुसन्धान विभागले ठूलो परिमाणको चाँदी र नगद पैसासहित पक्राउ परेका बाराका एक जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। 

विभागले जिल्लाको करैयामाई गाउँपालिका ८ बेलाहीका सरोज मिया मंसुरविरुद्ध बुधबार राजस्व छलीमा मुद्दा दायर गरेको हो। 

गत कात्तिक १ मा उनलाई कास्कीको पोखरा २७ स्थित तालचोकमा ४१३ तोला ५२ लाल चाँदीका गहना र ५७ हजार नगदसहित इलाका प्रहरी कार्यालय हंसपुरले पक्राउ गरेको थियो। 

अनुसन्धानको क्रममा उनले राजस्व छली गरेको पाइएपछि थप अनुसन्धानका लागि विभागमा पेस गरिएकामा विभागले उनीविरुद्ध ५ लाख ४४ हजार ८ सय ७५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .