कारोबार


हेटौँडा उपमहानगरले ल्यायाे एक अर्ब ८१ करोडकाे बजेट

हेटौँडा उपमहानगरले ल्यायाे एक अर्ब ८१ करोडकाे बजेट

नेपालखबर
असार १०, २०७६ मंगलबार १२:९,

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि  एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो।

उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेकोे बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ लाख ९१ हजार, राजस्व बाँडफाँटबाट ४५ करोड ८४ लाख नौ हजार, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट आठ करोड ३४ लाख ९९ हजारको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी सङ्घीय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख प्राप्त हुन जनाइएको छ।

उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट १० करोड बेहोरिने उपप्रमुख लामाले बताइन्। बजेटमा तलब, भत्तालगायत दैनिक कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार विनियोजित गरिएको उपप्रमुख लामाले बताइन्। कार्यालयको सुशासनतर्फमा रु छ करोड ४५ लाख ८९ हजार छुट्याइएको छ।

नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ। उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार छुट्याइएको उपप्रमुख लामाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .