कारोबार


आइएमई पेको अफर : भाग्यशाली विजेतालाई १ रुपैयाँमा उडान टिकट

आइएमई पेको अफर : भाग्यशाली विजेतालाई १ रुपैयाँमा उडान टिकट

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १६:३५, काठमाडौँ

विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पेले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाइ यात्रा अफर सार्वजनिक गरेको छ।

अफर अनुसार आइएमई पे एपमार्फत हवाइ टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रू. १ मा सो टिकट प्राप्त गर्न सक्नेछन्। 

प्रयोगकर्ताहरुले हवाइ टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नुपर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले रू.१ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउनेछन्।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ रू. १ मा हवाइ टिकट अफर सार्वजनिक गरिएको हो।

अफर कात्तिक ३० देखि मंसिर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad