राजनीति


निर्वाचनको समाचार सहज रुपमा संकलन गर्ने वातावरण बनाउन महासंघको आग्रह

निर्वाचनको समाचार सहज रुपमा संकलन गर्ने वातावरण बनाउन महासंघको आग्रह

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १६:५६, काठमाडौँ

नेपाल पत्रकार महासंघले निर्वाचनको समाचार निर्वाधरुपमा संकलन गर्ने वातावरण बनाइदिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ। 

शुक्रबार विज्ञप्ति प्रकाशित गरी महासंघले निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहजढंगबाट चल्न दिन पनि आग्रह गरेको छ। 

‘निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ’ महासंघले भनेको छ, ‘त्यस्तै निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहजढंगबाट चल्न दिन सम्बन्धित पक्षसँग महासंघ आग्रह गर्दछ।’

साथै, निर्वाचनको क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि महासंघ सरकारसँग आग्रह गरेको छ।

महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा निर्वाचनका बेला महासंघका सबै सदस्यहरू तथा सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै निर्वाचनको समाचार संकलन र संप्रेषण गर्ने कार्यमा जुट्न पनि आहृवान गरिएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad