अम्बे स्टिलले १ वर्षमा करिब ११ अर्बको व्यापार गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको हो।
कम्पनीको कारोबार बढे पनि नाफा भने घटेको छ। गत आर्थिक वर्षमा कर, ब्याज, डिप्रिसेसनसहितको नाफा ४.७ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०७७/०७८ मा ९ अर्ब २८ करोड रुपैयाँको व्यापार गरेको थियो। २०७६/०७७ मा भने ६ अर्ब ३७ करोड रुपैयाँको मात्रै बिक्री गरेको थियो।
कोभिडअघि आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीले उत्पादन गर्ने डन्डीमध्ये ५०–६० प्रतिशत बिलेट कम्पनीभित्रै उत्पादन हुन्छ।
हाल वार्षिक ८० हजार मेट्रिक टन बिलेट उत्पादन क्षमता रहेको कम्पनीमा ४५ हजार मेट्रिक टन थपिँदै छ। जसले कम्पनीको उत्पादनमा आफ्नै बिलेट उद्योगले धान्न सक्छ।
कम्पनीले टीएमटी बार, बाइन्डिङ वायर, जीआई वायर अम्बे ब्रान्डमा बिक्री हुँदै आएका छन्। कम्पनीको आम्दानीमध्ये ८२ प्रतिशत टीएमटी बारबाट गरेको छ।
पछिल्लो २–३ वर्षमा कम्पनीको उत्पादन क्षमताभन्दा ५० प्रतिशत कम मात्रै प्रयोग भइरहेको छ।
सन् २००९ मा स्थापना भएको कम्पनी अम्बे ग्रुपअन्तर्गतको हो। अम्बे स्टिलमा शोभाकर न्यौपाने (हरि)को ६० प्रतिशत रहेको छ भने रमेश कुमार अग्रवाल र सज्जन कुमार अग्रवाललको २५ प्रतिशत रहेको छ।
बाँकी १५ प्रतिशत सेयर पूर्णबहादुर पौडेलको रहेको छ।
Shares

प्रतिक्रिया