१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ।
यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाइनेछ।
यसै क्रममा दुधौली नगरपालिका ११ की निवासी मञ्जु विश्वकर्माले रु एक लाख जितेकी छन्।
हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारी न पा १ बेल्सोत उदयपुरका सह—वितरक कृष्ण मोबाइल ७ गिफ्ट सेन्टरका डिलर दाइ कृष्ण देवकोटाकोमा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी हुन्।
डिशहोमको तर्फबाटट सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टर का प्रोप्राइटर प्रशान्त चौधरीले पुरस्कार रकम हस्तान्तरण गरे।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ।
Shares
प्रतिक्रिया