ad ad

कारोबार


इन्क्सभिला र ट्याक्सीमाण्डु स्टार्टअप वर्ल्डकपको फिनालेका लागि अमेरिकातिर

इन्क्सभिला र ट्याक्सीमाण्डु स्टार्टअप वर्ल्डकपको फिनालेका लागि अमेरिकातिर

नेपालखबर
असोज ९, २०७९ आइतबार १४:३२, काठमाडौँ

स्टार्टअप वल्र्डकपका २ वर्षका नेपाल च्याम्पियनहरु ग्लोबल फिनालेका लागि आइतबार अमेरिका प्रस्थान गर्न लागेका छन् । 

स्टार्टअप वल्र्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएअनुसार यस वर्षको स्टार्टअप च्याम्पियन इन्क्सभिल्ला र गत वर्षको स्टार्टअप च्याम्पियन ट्याक्सीमाण्डु आईतबार अमेरिका प्रस्थान गर्न लागेका हुन्। 

अमेरिकाको क्यसिलफोर्निया स्थित सान फ्रान्सिस्कोमा हुने ७० देशका चेम्पियनहरुसँग नेपालका च्याम्पियनहरुको प्रतिस्पर्धा हुने स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले बताए । 

इन्क्सभिल्ला स्टार्टअप वल्र्डकप नेपाल रिजनल कम्पिटिसनको फाइनलमा रहेका १५ कम्पनीलाई पछि पार्दै यसै बर्ष नेपाल चेम्पिएन बन्न सफल भएको हो भने ट्याक्सिमाण्डु गत वर्षको प्रतिस्पर्धामा च्याम्पियन भएको हो। गत वर्ष कोरोना महामारीका कारण ग्लोबल फिनाले स्थगन भएका कारण ट्याक्सिमाण्डु पनि यसैपालि ग्लोबल फिनालेमा सहभागी हुन लागेको हो । 

नेपाली च्याम्पियन स्टार्टअपहरु सेप्टेम्बर २८ मा सेमिफाइनलमा सहभागी हुनेछन् भने त्यसबाट उत्कृष्ट १० मा छानिएमा उनीहरु वल्र्ड चेम्पिएनसिपका लागी प्रतिस्पर्धा गर्नेछन्। 

नेपालबाट जाने प्रतिनिधिमण्डलको नेतृत्व स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले गरेका छन् । टोलीमा स्टार्टअप नेपालकी सिईओ करुणा कडेल, इन्क्सभिल्लाका सिटिओ आसिक सुवेदी, र ट्याक्सीमाण्डुका सिईओ अर्जुन केसी रहने स्टार्टअप हब नेपालले जनाएको छ । 

विश्वका ७० भन्दा बढी देशहरुमा हुने स्टार्टअपको विश्वकप नेपालमा गत वर्षदेखि मात्रै हुन थालेको हो । वर्ल्ड ट्रेड ग्रुप नेपालको भगिनी संस्था स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वर्ल्डकप भित्र्याएको हो। 

विश्वका विकसित र धनी देशहरुमा मात्र हुनेगरेको स्टार्टअप नेपालमा भित्रिएसँगै नेपालको कुनै कुनामा रहेको नयाँ सोचले समेत विश्वको ईन्नोभेसन हेडक्वार्टर भनेर चिनिने सिलिकन भ्यालीमा गएर प्रतिस्पर्धा गर्ने बाटो खुलेको स्र्टाटअप हब नेपालले जनाएको छ। 

स्टार्टअप वल्र्डकपको ग्लोबल च्याम्पियनले १३ करोड रुपैयाँबराबरको लगानी पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .