कारोबार


दराजको दशैँ अफर : १० हजारसम्मको भौचर, ७० प्रतिशतसम्म मेगा डिल र स्कुटर

दराजको दशैँ अफर : १० हजारसम्मको भौचर, ७० प्रतिशतसम्म मेगा डिल र स्कुटर

नेपालखबर
भदौ २९, २०७९ बुधबार १३:२९, काठमाडौँ

अनलाइन बजार दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ। 

कम्पनीले यही भदौ २९ बाट अभियान सुरु गरेको हो। गत वर्षको तुलनामा यो अभियान ठूलो र भव्य हुने कम्पनीले जनाएको छ।

यसका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, निःशुल्क शिपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजार  रुपैयाँसम्मको मेगा भौचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआईयू इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ।

कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम २ हजार) र क्रेडिट कार्डमार्फत २० प्रतिशत (अधिकतम २५ सय रुपैयाँ) सम्मको छुट पाउन सक्नेछन्। 

विशेष गरी नबिल बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन्। 

एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ० प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन्। 

यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम १ हजार रुपैयाँ)सम्मको अतिरिक्त छुट पनि पाउने कम्पनीले जनाएको छ।

विगतमा जस्तै, दशैं धमाकाले धेरै लोकप्रिय खेल १ रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन्– अमेज़ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वान वे टिकट र मोटो जी २२। 

यसमा सहभागी हुन ग्राहकहरूले अनलाइन प्रिपेमेन्टमार्फत १ रुपैयाँ अग्रिम भुक्तानी (प्रिपे) गर्नुपर्ने कम्पनीले जनाएको छ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई १ रुपैयाँ फिर्ता गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .