सिद्धार्थ बैंकले बिहीबार धनुषा अवस्थित विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ।
बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेम प्रसाद न्यौपानेबाट भएको थियो भने जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार शाहबाट भएको थियो।
बैंकले विद्यापति चोक शाखा गत २०७५ फागुन २२ गते र जनकपुर शाखा २०७५ चैत्र १७ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।
प्रतिक्रिया