आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई जनरल इन्स्योरेन्स कम्पनीले एसियाकै विश्वसनीय कम्पनी अवार्ड प्राप्त गरेको छ।
कम्पनीले अमेरिकाको इन्टरनेशनल ब्रान्ड कन्सल्टिङ कर्पोरेसन (आईबीसी) बाट प्रदान गरिने एसियाज मोस्ट ट्रस्टेड कम्पनी अवार्ड प्राप्त गरेको हो।
कम्पनीका अनुसार थाइल्यान्डको बैंककमा बुधबार आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो।
कम्पनीका अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकाल र आईजीआईका प्रमुख कार्यकारी अधिकृत योगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका हुन्।
प्रतिक्रिया