नेपाल–भारत उद्योग वाणिज्य संघको टोलीले अर्थसचिव कृष्णहरि पुष्करसँग भेटवार्ता गरेको छ।
अध्यक्ष सृजना राणाको नेतृत्वमा उपाध्यक्षद्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिदेशक केशव मान सिंह तथा उपनिर्देशक मार्शल राठौरसहितको प्रतिनिधि मण्डलले गत शुक्रबार सचिव पुष्करसँग भेट गरेको हो।
उक्त संघका अध्यक्ष सृजना राणाले नवनियुक्त अर्थसचिव कृष्णहरि पुष्करलाई बधाई ज्ञापन गरिन्।
शिष्टाचार भेटमा संघका अध्यक्षे राणाले भारत नेपालको अन्तराष्ट्रिय ब्यापारको दुई तिहाइ हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको, त्यस्तै पारवहनसम्बन्धी मामिलामा निर्भरता शतप्रतिशत, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पारवहन निर्भरता ९० प्रतिशत, त्यस्तै नेपालमा आएको विदेशी लगानीमध्ये ४० प्रतिशतका साथै २० प्रतिशत पर्यटक भारतबाटै आउने गरेकोले भारत नेपालको आर्थिक विकासका सहयात्री रहेको बताइन्।
नेपालको व्यापारको मुख्य द्वार रहेको जानकारी गराउँदै उनले नेपाको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको जानकारी गराइन्।
अध्यक्ष राणाले भारतीय पर्यटन प्रबद्र्धन गर्न संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेस्रो बैठकको आयोजना गराउन पनि भारतीय दूतावासमार्फत पहल गर्दै गरेको बताउँदै सोही विषयलाई लक्षित गर्दै धार्मिक पदमार्ग सम्बन्धी कफीटेबल बुक र वेबसाईट निर्माणको तयारी अन्तिम चरणमा भई रहेको जानकारी गराइन्।
नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउन संघले आफ्नो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यस्मा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागी पनि अध्यक्ष राणाले अनुरोध गरिन्।
नेपालको आर्थिक विकासको दृष्टिकोणले तय गरिने हरेक कार्यमा अर्थ मन्त्रालय प्रमुख सरोकारवाला निकाय भएको तथा लगानी तथा व्यापारको दृष्टिकोणबाट संघ पनि प्रमुख सरोकारवाला संस्था भएको कारण मन्त्रालयले भविष्यमा गर्ने हरेक कार्यक्रममा संघलाई पनि समेत्न र सहकार्य गर्न पनि अध्यक्ष राणाले अर्थ सचिवसमक्ष प्रस्ताव गरिन्।
उक्त शिष्टाचार भेट तथा छलफलमा नेपाल सरकार, अर्थ मन्त्रालयका नव नियुक्त सचवि कृृष्णहरि पुष्करले संघले गरेका विगतका कार्यहरुबारे आफू जानकार रहेको भन्दै उक्त कार्यहरुको प्रशंसा गरे।
त्यस्तै नवनियुक्त अर्थ सचिवज्यूले अहिले भारत सरकारले नेपाल प्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको बिकासमा सकारात्मक रुपमा नै हेर्ने गरेको बताउंदै भारतबाट हामीले धेरै सिक्न सकिने र भारतसंगको सम्बन्धबाट लिन सकिने लाभहरुमा हाम्रो ध्यान जानुपर्ने बताउंदै आगामी दिनहरुमा मन्त्रालयको तर्फबाट प्रत्यक्ष तथा परोक्ष हरेक प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
Shares

प्रतिक्रिया