पोखराबाट जोमसोम उडान भरेको समिट एयर प्राविधिक समस्यापछि आकस्मिक अवतरण गरेको छ। पोखरा विमानस्थलबाट जोमशोमकालागि उडान भरेको समिट एयरको जहाज ५–७ मिनेटमै पोखरामा अवतरण गरेको हो।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले प्राविधिक समस्या आएपछि जहाज पोखरा नै फिर्ता भएको जानकारी दिए।
‘जहाज उडानसंगै पाइलटले केही प्राविधिक समस्या आएको जानकारी गराउनु भयो,’ सुवेदीले भने,‘जहाज पोखरामा अवतरण गरेको छ। प्राविधिक आएर चेक जाँच गरेपछि फेरी उडान भर्छ।’
जहजामा १८ यात्रु रहेका थिए। सबै यात्रुलाई सकुसल अवतरण गराइएको छ।
गत जेठमा पोखराबाट जोमसोम उडानको क्रममा तार एयरको जहाज दुर्घटनापछि लामो समय उडान हुन सकेका थिएनन्। साउन २ गतेबाट समिट एयरले नियमित उडान थालेको थियो।
समिट एयरले दैनिक ३ वटा उडान तालिका भए पनि यात्रुको चाप हुँदा ५ वटा सम्म उडान भर्ने गरेको सुवेदीले जानकारी दिए।
Shares

प्रतिक्रिया