कारोबार


भारतबाट बढेर आयो पेट्रोलको मूल्य

भारतबाट बढेर आयो पेट्रोलको मूल्य

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १६:५५, काठमाडौँ

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। 

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार बढेको देखिएको हो। 

आज भारतले पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजेल ६ रुपैयाँ १२ पैसा बढेर आएको हो। नयाँ मूल्यअनुसार निगमलाई डिजलमा प्रतिलिटर १२ रुपैयाँ घाटा पुगेको छ। 

तर पेट्रोलमा भने अझै प्रतिलिटर २ रुपैयाँ नाफा छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ। अब एलपी ग्यासमा १५ दिनको नोक्सानी करिब ५० करोड पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad