ad ad

कारोबार


सरकारको प्रतिबन्ध नीतिअनुसार विदेशी मुद्रा सटही दिनू : राष्ट्र बैंक

सरकारको प्रतिबन्ध नीतिअनुसार विदेशी मुद्रा सटही दिनू : राष्ट्र बैंक

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १३:३४, काठमाडौँ

सरकारले वस्तु आयतमा लगाएको प्रतिबन्धको नीति अनुसार विदशी मुद्रा सटही सुविधा दिन राष्ट्र बैंकले सर्कुलर जारी गरेको छ। 

असोज २८ गतेसम्म सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्ध कायम गरेको छ। यीबाहेक ६ वस्तुको प्रतिबन्ध हटाएको छ। 

प्रतिबन्ध हटाइएको वस्तु आयातमा सहटी सुविधा दिन र प्रतिबन्ध कायम रहेको वस्तुमा सटही सुविधा रोक्न भन्दै बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन जारी गरेको हो। 

सोमबार मन्त्रिपरिषदले गरेको निर्णयअनुसार राजपत्रमासमेत प्रतिबन्ध लगाएका वस्तुहरुको जानकारी गराइएको छ। 

जसअनुसार असोज २८ गतेसम्म आयात प्रतिबन्ध कायम गरिएको छ। त्यसमा सबै प्रकारको मदिरा प्रतिबन्ध छ। त्यसैगरी ३ सय डलरभन्दा माथिको स्मार्टफोनहरुको प्रतिबन्धलाई कायम गरिएको छ।

जीप, कार, भ्यानहरु सबै प्रकारका आयात प्रतिबन्धलाई कायम गरिएको छ। यो भन्दा अघि १५० सीसीभन्दा माथिको मोटरसाइकलमा प्रतिबन्ध लगाइएको थियो। त्यसलाई समेत प्रतिबन्ध निरन्तरता दिएको हो। 

आयात प्रक्रियामा रहेका यी वस्तुलाई आयात गर्न दिइने उल्लेख छ। यसअघि प्रतिबन्ध लगाइए ६ वस्तुको आयात भने सरकारले खुल्ला गर्ने निर्णय गरेको छ। कुरकुरे लेज जस्ता वस्तुहरु, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन, तास, खेलौनाको आयात खुल्ला भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .