टिमक्वेस्टद्वारा प्रवर्द्धित क्युएफएक्स सिनेमाले आफ्नो एपमार्फत चलचित्र टिकट खरिदका लागि खल्तीसँग विशेष साझेदारी गरेको छ।
यो साझेदारीअघि क्युएफएक्सका ग्राहकहरूले क्युएफएक्स एप वा वेबसाइटमा लगइन गरेर मात्र चलचित्रहरू किन्न सक्थे भने अब खल्ती एपबाट मात्र ५० सेकेन्डमा चलचित्रको टिकट खरिद गर्न सक्नेछन्।
खल्ती एपबाट टिकट खरिद गरेपछि प्रयोगकर्ताहरूले क्युएफएक्सको लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त गर्नेछन्।
खल्ती र क्यूएफएक्सले भदौ १५ मा लबिम मलमा आयोजना गरेको पत्रकार सम्मेलनमा खल्ती र क्यूएफएक्स दुबैका अतिथि वक्ताहरू साथै अभिनेत्री पूजा शर्मा पनि थिइन्।
उनी खल्ती र क्यूएफएक्सलाई समर्थन गर्न र उनको आगामी फिल्म 'सम्हालिन्छ कहिले मन' बारे केहि शब्द राख्न प्रेस मिटमा सहभागी भएकी थिइन्। चलचित्र भाद्र १६ मा सबै क्युएफएक्स सिनेमाघरमा रिलिज हुँदै छ।
प्रयोगकर्ताहरूले खल्ती एपबाट 'सम्हालिन्छ कहिले मन' को कुनै पनि क्यूएफएक्स सिनेमा हलको टिकट किन्न सक्नेछन्।
Shares

प्रतिक्रिया