कारोबार


प्यारासुट नेचुराल स्याम्पुले आयोजना गर्‍यो तीज विशेष कार्यक्रम ‘सङ्गीसँग तीज’

प्यारासुट नेचुराल स्याम्पुले आयोजना गर्‍यो तीज विशेष कार्यक्रम ‘सङ्गीसँग तीज’

नेपालखबर
भदौ १५, २०७९ बुधबार १८:५, काठमाडौँ

प्यारासुट नेचराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ। 

गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो ‘श्रावण विथ सङ्गी’ नामक मार्केटिङ अभियानको विस्तारित रूप हो। 

कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पु¥याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो। 

प्यारासुट नेचुराल स्याम्पुको ब्राण्ड एम्बास्डर, आँचल शर्माको विशेष आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रमाइला गतिविधिहरू समावेश गरिएको थियो । कार्यक्रममा थप रोमाञ्चकता थप्नका निम्ति कपाल बाट्ने, चुरा मिलाउनेजस्ता प्रतियोगिताहरूको आयोजना गरिएको थियो । 

तीज महिलाहरुको एक विशेष चाड हो जुन मुख्यतया देशभरका नेपाली महिलाहरूले धेरै उत्साह र जोशका साथ मनाउँछन् । हरियाली तीज र हरितालिका तीज मनसुन मौसमलाई स्वागत गर्दछ र मूलतः केटी र महिलाहरुद्वारा सिंगारपटार गरि, गीत, नृत्य  अनुष्ठानका साथ मनाउँछन् ।

यसका अतिरिक्त, यो अभियान प्यारासुट स्याम्पु आफ्ना प्राकृतिक विशेषताहरूले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीहरूलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई अझ विस्तार र स्थापना गर्नका लागि पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad